punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम ११ तिलोत्तमा गोल्ड कपको उपाधि जित्नबाट सडन डेथमा चुक्यो,उप विजेतामा सीमित

Chaupati
safha napa

२२ औँ तिलोत्तमा गोल्ड कपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले चुमेको छ ।

शनिवार भएको फाइनल प्रतियोगितामा सुदूरपश्चिम ११ लाई सडन डेथमा पराजित गर्दै मनाङले २२ औँ संस्करणको उपाधि उचालेको हो ।

उपाधिसँगै मनाङले नगद ११ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ । उपाधिका लागि लडेको सुदूरपश्चिम ११ ले भने ६ लाख ६६ हजार ६११ प्राप्त गरेको छ ।

५८ औँ मिनेटमा कोफिट टोमिटेले गोल गर्दै मनाङ मर्स्याङ्दी क्लबलाई अग्रता बनाएपनि त्यो अग्रता लामो समय टिक्न सकेन ।

खेलको ७० औँ मिनेटमा सुदूरपश्चिम ११ का लागि फागुराम थारुले गोल गर्दै खेललाई १–१ बराबरीमा पुराएका थिए ।

त्यसपछिको समयमा कुनै पनि थप गोल हुन सकेन र खेलको निर्णय पेनाल्टीमार्फत लिइएको थियो । पेनाल्टी पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।

तिलोत्तमा गोल्डकपमा पहिलोपटक मनाङ र सुदूरपश्चिम फाइनलमा पुगेका टीम हुन् ।


११ चैत २०७९, शनिवार २१:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु