punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आरजुलाई गोकुल बास्कोटाको जवाफ- लौन भाउजू ! उपचुनावमा बैसाखीबिना चार तारे उम्मेदवार उठाएर देखाउनुस्

Chaupati
safha napa

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले उपचुनावमा बैशाखीबिनाको कांग्रेस उम्मेदवार उठाएर देखाउन कांग्रेस नेतृ डा। आरजु राणा देउवालाई चुनौती दिएका छन् ।

बास्कोटाको गृह जिल्ला काभ्रे पुगेर आरजुले गोकुल बास्कोटाको जितमा सूर्यमुखी कांग्रेसको हात रहेको टिप्पणी गरेपछि उनले साउनमा लगाएको चस्माले मंसिरलाई पनि हरियै देखेको जवाफ दिएका हुन् ।

मिसन ग्रासरुटको अभियानका क्रममा चितवन खटिएका बास्कोटाले आरजुलाई जवाफ दिँदै ट्विटमार्फत भनेका छन्– आरजु भाउजूले कांग्रेसलाई निक्कै बलियो ठानेको रहेछ र साउनमा लगाएको चस्माले मंसिरलाई पनि हरियै देखेछ।म भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु। लौन भाउजू ,तत्कालै हुन लागेको उपचुनावमा विना वैशाखी चार तारे उम्मेदवार उठाएर देखाउनुस् त १

शनिवार तरुण दलको कार्यक्रममा गोकुल बास्कोटासँग पराजित कांग्रेस नेता शिव हुमागाईँलगायतले कांग्रेसकै नेता कार्यकर्ताले सूर्यमा भोट हालेको आरोप लगाएपछि आरजुले घण्टी कांग्रेसजस्तै सूर्यमुखी कांग्रेसले पार्टीका उम्मेदवार हराएको बताएकी थिइन् ।

आरजु भाउजुले कांग्रेसलाई निक्कै बलीयो ठानेको रहेछ र साउनमा लगाएको चश्माले मंसीरलाई पनि हरियै देखेछ।म भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु। लौन भाउजु ,तत्कालै हुन लागेको उपचुनावमा विना वैशाकी चारतारे उमेदवार उठाएर देखाउनुस त१


१२ चैत २०७९, आइतवार ०७:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु