punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तिलोत्तमा गोल्डकपको उपाधिको लागि आज सुदूरपश्चिम ११ मनाङ मर्स्याङ्दीसँग भिड्ने

Chaupati
safha napa

बुटवलमा जारी २२औं तिलोत्तमा गोल्डकपको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लबसँग सुदूरपश्चिम ११ भिड्दै छ ।

बिहीबार पेनाल्टीबाट मनाङलाई ४—३ गोलले हराउँदै मनाङ मर्स्याङ्दी फाइनलमा पुगेको थियो भने बुधवार थ्री स्टार क्लबलाई १—० गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
यी दुबै बिचको खेल आज रोचक हुने अनुमान गरिएको छ ।
दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचले जनही ३० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

यस्तै प्रत्येक खेलका म्यान अफ द म्याचले ११ हजार १११ रुपैयाँ पुरस्कार पाइरहेका छन् ।


११ चैत २०७९, शनिवार ०८:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु