punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीका पत्रकार धामीलाई धम्की दिने अवस्थी पक्राउ

Chaupati
safha napa

।धनगढीका पत्रकार टेकसिंह धामीलाई धम्की दिने ओमप्रकाश अवस्थी पक्राउ परेका छन्। शुक्रवार आफूलाई नेविसंघको कार्यकर्ता बताउँदै महेन्द्रनगर पोष्टका सम्पादक समेत रहेका धामीलाई धम्की दिने अवस्थी समातिएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले अवस्थीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। ती अवस्थीले हिजो पत्रकार धामीलाई फोन गरेर टाउको फुटाइदिने धम्की दिएका थिए। धामी सम्पादक रहेको महेन्द्रनगर पोष्टमा प्रकाशित भएको “कैलाली बहुमुखी क्याम्पसका स्वतन्त्र उम्मेदवारलाई नेविसंघको धम्की” शिर्षकको समाचारको विषयलाई लिएर समाचार किन लेखिस् रु तेरा हातखुट्टा भाँचिदिने भन्दै धम्क्याएका हुुन्।

यसैबीच पत्रकार धामीलाई धम्की दिएको घटनाप्रती नेपाल पत्रकार महासंघ, कैलाली लगायत पत्रकारका विभिन्न संगठनहरुले ध्यानाकर्षण भएको जनाउदै अवस्थीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका थिए। उनीहरुले समाचारमा असहमती भए कानूनी उपाय खोज्ने उपाय हुँदाहुँदै धम्की दिएको घटनाको निन्दा र भत्र्सना गर्दै कारवाहीको माग गरेका हुन्।


१० चैत २०७९, शुक्रवार २१:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु