तिलोत्तमा गोल्डकप : उपाधि नजिक सुदूरपश्चिम, फाइनलमा मनाङ मर्स्याङ्दीसँग भिड्ने

बुटवलमा जारी तिलोत्तमा गोल्डकपमा पेनाल्टी सुटआउंटमा ४–३ ले फ्रेन्ड्स क्लवलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लव बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेको छ ।

यससँगै मनाङ मस्र्याङदीले शनिबार सुदुरपश्चिम ११ संग फाइनल प्रतिस्पर्धा गर्ने भएको छ । विहीबार भएको दोस्रो सेमिफाइनल खेलमा निर्धारित समयको खेल २÷२ को बराबरी भएपछि खेल नतिजाको टुंगो पेनाल्टीबाट लिइएको थियो ।

त्यसअघि सुरुवाती अग्रता भने फ्रेन्ड्स क्लबले लिएको थियो । पहिलो हाफको ७ औं मिनेटमा फ्रेन्ड्स क्लवका रफिक अमिनोले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको २६ औं मिनेटमा लक्ष्मण रुचालको क्रसमा उत्तम राईले गोल गर्दै टिमलाई २–० को अग्रता बनाए ।

तर पहिलो हाफको ईन्जुरी समयमा मनाङ मस्याङदीका आशिस गुरुङले गोल गर्दै टिमलाई २–१ को स्थिति बनाए । पहिलो हाफ सम्म २–१ को अग्रता बनाएको फ्रेन्ड्स क्लवले दोस्रो हाफको २ मिनेटमै गोल खान पुग्यो । मनाङ मस्याङदीका प्रसन्न श्रेष्ठले गरे । त्यसपछि दुवै टिमबाट निर्धारित समयमा कुनै पनि गोल हुन सकेन र खेल २÷२ को बराबरी हुन पुग्यो । त्यसपछि खेलको नजिता पेनाल्टी बाट लिइएको थियो ।
दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयां नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयां पुरस्कार प्राप्त गर्ने छ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघका रुपन्देही जिल्ला फुटबल संघ अध्यक्ष लोक पुनले जानकारी दिए ।


९ चैत २०७९, बिहीवार १९:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु