nast

कैलाली बहुमुखी क्याम्पसमा २२ बर्ष देखी अनेरास्ववियुकै विरासत कायम, सभापतिमा जोशी निर्वाचित

सुदूरपश्चिम प्रदेशको सबै भन्दा ठूलो क्याम्पस कैलाली बहुमुखि क्याम्पसमा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले २२ बर्ष देखीको विरासतलाई निरन्तरता दिएको छ ।
२०५७ साल देखी स्ववियु निर्वाचनमा जित हात पार्दै आएको अनेरास्ववियुले यस पटक पनि जितलाई निरन्तरता दियो ।  सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको कैलाली बहुमुखी क्याम्पसमा ८ गते मतदान भएको छ । उक्त निर्वाचनबाट अनेरास्ववियुका यमराज जोशी सभापतिमा विजयी भएका छन् ।

प्रतिद्वन्द्वी नेपाल विद्यार्थी सङ्घ९नेविसंघ० का हरिस खत्रीलाई पराजित गर्दै विजयी भएका हुन् । ७ सय २२ मतसहित जोशी विजयी हुँदा उनका प्रतिद्वन्द्वी खत्रीले ७०५ मत प्राप्त गरेका छन् ।
यस्तै सचिवमा भने नेविसंघका सन्तोश पन्त ८५६ मतसहित विजयी भएका छन् । प्रतिद्वन्द्वी अनेरास्ववियूका रमेश बोहरालाई पराजित गर्दै पन्त विजयी भएका हुन् । बोहराले ५८३ मत ल्याए । कोषाध्यक्षमा पनि नेविसंघकै अम्बिका चौधरी विजयी भएकी छन् । प्रतिद्वन्द्वी अखिल९क्रान्तिकारी० दिनेशराज जोशीलाई पराजित गरेकी हुन् । चौधरीले ७६४ मत पाउँदा जोशीले भने ५७२ मत पाएका हुन् ।

४ हजार ३ सय बढि मतदाता रहेको यस क्याम्पसमा २ हजार ३ सय ६८ मत खसेको थियो।
सभापतिमा निर्वाचित भए लगत्तै जोशीले समग्र विद्यार्थी हकहितका बिषयमा आवाज उठाउने बताए ।

यहाँ विगत २२ वर्षदेखि अनेरास्ववियु बाहेक अन्य विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचन जित्न सकेका थिएनन् । २०५७ सालमा सभापतिमा डेजि पाण्डेले जिते ।उनी हाल पार्टी जिल्ला सचिव छन् ।
२०६२ मा यज्ञराज ढुङ्गाना र २०७३ मा चुनामणि भट्ट निर्वाचित भएका थिए । अहिले पनि अनेरास्ववियुकै जोशी निर्वाचित भए ।

 


९ चैत २०७९, बिहीवार २२:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु