भोली देखी धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव आयोजना हुँदै,प्रधानमन्त्री नआउने भएपछि मुख्यमन्त्रीबाट उद्घाटन गराउने तयारी

कैलाली । भोलिबाट धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव आयोजना हुँदै छ । भोली देखी १३ गतेसम्म आयोजना हुने महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । तर, अहिले प्रधानमन्त्री आउने सम्भावना क्षीण रहेको आयोजक सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले बताए ।

प्रधानमन्त्री नआउने भएपछि भोली सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहबाट महोत्सव उद्घाटनको तयारी भइरहेको छ।

विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भुटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने जनाइएको छ ।

महोत्सवमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने कार्यक्रम तय भएको छ। साहित्यकार झमकलाई रु एक लाख ११ हजार राशिको बद्री–कृष्णा वाङ्मय पुरस्कार प्रदान गरिने छ। महोत्सव आयोजनाका लागि रु ५० लाखभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ।


९ चैत २०७९, बिहीवार १९:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु