punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीका दुई क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

Chaupati
safha napa

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बैतडीका दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन अनिश्चित भएको छ। यहाँको सिगास शिक्षा क्याम्पस, गाँजरी र बैतडी शिक्षा क्याम्पस, शाहीलेकमा स्ववियु निर्वाचन अनिश्चित भएको हो।

त्रिविले चैत ५ गते निर्वाचनको मिति तोके पनि विवादका कारण निर्वाचन हुन सकेन। यी दुई क्याम्पसमा मनोनयन दर्ता भए पनि विद्यार्थी संगठनबीचको विवादले स्ववियु निर्वाचन स्थगित भएको थियो। यी दुई क्याम्पसमा कहिले निर्वाचन हुने भन्ने टुंगो लागेको छैन।

सिगास शिक्षा क्याम्पसमा मनोनयनका दिन नेविसंघको मात्रै मनोनयन परेको भन्दै अनेरास्ववियुले क्याम्पसलाई पत्र पठाएको थियो। मनोनयनको दिन नेविसंघ तर्फबाट मात्रै उम्मेदवारी परेको र पछि अनेरास्ववियुले क्याम्पसलाई पत्र पठाएपछि निर्वाचन स्थगित भएको सिगास शिक्षा क्याम्पसका प्रमुख राजेन्द्रसिंह धामीले जानकारी दिए।

नेविसंघले मनोनयनकै आधारमा विजयी भएको घोषणा गर्न माग गरेको छ भने अनेरास्ववियुले निर्वाचन प्रक्रिया फेरि थाल्न भनेपछि यहाँ विवाद भएको हो।

बैतडी शिक्षा क्याम्पसमा निर्वाचन समितिले निर्देशिकाविपरीत काम गरेको भन्दै नेविसंघले तालाबन्दी गरेपछि निर्वाचन स्थगित गरिएको थियो।

अन्तिम समयसम्म पनि विद्यार्थी संगठनबीच छलफल गरिए पनि सहमति हुन नसक्दा निर्वाचन स्थगित भएको बैतडी शिक्षा क्याम्पसका प्रमुख हर्क चन्दले जानकारी दिए। अब नयाँ निर्वाचन कहिले हुने भन्ने टुंगो लगालेको चन्दको भनाइ छ।

यहाँका श्रीकोट बहुमुखी क्याम्पस, पुर्चौडी बहुमुखी क्याम्पस, नवप्रभात संयुक्त क्याम्पस र सेटीगाउँ बहुमुखी क्याम्पसमा भने आइतबार निर्वाचन भइसकेको छ।


८ चैत २०७९, बुधवार २१:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु