punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

साफ यु-१७ महिला फुटबल : नेपाल र भातरको खेल आज

Chaupati
safha napa

साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपालले भारतसँग खेल्दै छ ।

बंगलादेशमा आजदेखि सुरुहुन लागेको प्रतियोगितामा नेपालले भारतसँगै खेल्दै यात्रा सुरु गर्ने छ । नेपाल र भारतबीचका खेल दिउँसो ३ बजेदेखि सुरुहुने छ ।

आजै अर्को खेलमा घरेलु टोली बंगलादेश र भुटान आमने सामने हुने छन् ।

प्रतियोगितामा घरेलु टोली बंगलादेशसहित नेपाल, भारत र भुटानले प्रतिस्पर्धा गर्दै छन् भने यो प्रतियोगिता खेल्न पहिलो पटक रसियाको टिम पनि बंगलादेश पुगेको छ ।

नेपालले बुधबार भुटान र आउँदो आइतबार रुससँग खेल्ने छ ।

नेपाली टिम

गोलकिपरः सुजाता तामाङ, रधिला ओली र करुण बुढाथोकी ।

डिफेन्डरः अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही र रेणु लिम्बु चाबेगु ।

मिडफिल्डरः माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार र पुनम चेम्जोङ ।

फरवार्डः दीपा रोकाया, वर्षा ओली र सेनु परियार ।


६ चैत २०७९, सोमवार ०९:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु