punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनकुडा क्याम्पसमा अनेरास्ववियुको प्यानल सहित विजयी

Chaupati
safha napa

रबझाङको सुनकुडा क्याम्पसमा स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल सहित विजय भएको छ ।

आइतबार सम्पन्न निर्वाचनमा क्याम्पसको स्ववियू सभापतिमा एमाले निकटको अनेरास्ववियुका नेता दिलिप अधिकारी विजयी भएका हुन ।

अधिकारीले नेपाल विद्यार्थी संघका योगेन्द्र मल्ललाई ५१ मतले पराजित गरेका हुन् । अधिकारीले १५५ मत ल्याउँदा नेविसंघका मल्लले १०४ मत ल्याए ।

यस्तै सचिवमा अनेरास्ववियू प्यानलका ललित स्याँडा र कोषाध्यक्षमा भानुभक्त जोशी विजयी भएका छन् ।

सदस्यहरुमा अनेरास्ववियुका जानकी अधिकारी, बेल्मती बिष्ट, संगिता कुमारी बोहरा, दिपा कुमारी भण्डारी र राम बिक निर्वाचित भएका छन ।

क्याम्पसमा जम्मा ३०४ जनाले मतदान गरेका थिए ।


६ चैत २०७९, सोमवार ०९:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु