punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा कराँते महासङ्घको प्रदेश समिति गठन,अध्यक्षमा पाण्डेय

Chaupati
safha napa
सुदूरपश्चिम प्रदेश कराँते महासङ्घको अध्यक्षमा  त्रैलोक्यनाथ पाण्डेय चयन भएका छन्।
धनगढीस्थित रङ्गशालामा आज सम्पन्न भएको सुदूरपश्चिम प्रदेश कराँते महासङ्घको अधिवेशनले त्रैलोक्यनाथ पाण्डेयको अध्यक्षतामा १५ सदस्यीय सुदूरपश्चिम प्रदेश कराँते महासङ्घको कार्यसमितिको चयन गरेको हो।
महासङ्घको उपाध्यक्षमा हिक्मत भण्डारी र डिल्ली सुवेदी, सचिवमा बहादुर सिंह ओड, सह(सचिवमा विनोद चन्द र पुष्पराज भट्ट, कोषाध्यक्षमा उमा महतो, सह(कोषाध्यक्षमा नरेन्द्र कार्की निर्विरोध निर्वाचित भएका छन्। यस्तै सदस्यहरूमा प्रभाव भण्डारी, नन्दकृष्ण जैसी, दिनेश रावल, हेमा भट्ट, विजय सिंह ऐरी, मोहन एस। के।, ओमप्रकाश पन्त र किरण बोहरा निर्वाचित भएका छन्।
त्यस्तै केन्द्रीय सदस्यमा गजेन्द्र साउदलाई चयन गरेको छ भने केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मकेन्द्र बहादुर सिंह, राजेन्द्र अवस्थी, लीला सिंह बोहरा, दीपेन्द्र देउवा र मोहन एस। के। छनौट भएका छन्।
सुदूरपश्चिम करातेका प्रमुख प्रशिक्षक विमल खडायतको सभापतित्वमा सञ्चालित उद्घाटन समारोहमा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य प्रकाश बि.क. रहेका थिए।

३ चैत २०७९, शुक्रवार २१:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु