‘रिटर्नी फेडेरेशन नेपाल’ कैलालीको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा चुनिए ऐर

नेकपा एमालेको कान्छो जन वर्गीय सङ्गठन ‘रिटर्नी फेडेरेशन नेपाल’ कैलालीको प्रथम अधिवेशन घोडाघोडीमा सम्पन्न भएको छ ।

घोडाघोडी नगरपालिका १ सुखडमा सम्पन्न भएको अधिवेशनले दीपक ऐरको अध्यक्षतामा नयाँ कमिटी समेत गठन गरेको छ । जसको उपाध्यक्षमा लक्ष्मि कँडेल,रमेश सापकोटा, सचिवमा नारायण ओली सहित २१ सदस्य चयन भएका छन् ।

रिटर्नी फेडेरेसन नेपाल कैलालीका अध्यक्ष हुकुम बोहराको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा प्रमुख अतिथि नेकपा एमालेका कैलालीका उपसचिव ममता प्रसाद चौधरी रहेका थिए । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य खगेन्द्र ठकुल्लाले पनि धारणा राखेका थिए ।


३ चैत २०७९, शुक्रवार २१:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु