punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीका सामुदायिक वनमा चरम बेथिति : पदाधिकारी र कर्मचारीको सेटिङ, अख्तियारको पत्रविपरीत रुखमा टाँचा

Chaupati
safha napa

फागुन १६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर कार्यालयले डोटी बडिकेदार गाउँपालिकाका सामुदायीक वनका नाममा निर्देशनात्मक पत्र जारी गर्यो । केही गिरोहले सामुदायिक वनको खातामा रकम नै नहाली कटानी जारी गरेको भन्दै अख्तियारले छानबिन सुरु गरेको थियो ।

अख्तियारले १५ दिन भित्र सबै सामुदायिक वनको कागज पत्र र हिसाब किताब बुझाउन डिभिजन बन कार्यालय डोटीलाई पत्राचार गर्यो । सोही निर्देशन अनुसार यहाँका सबै सामुदायिक बनहरू छानबिनको घेरा भित्र परे ।

लानाकेदाश्वर सव डिभिजन वन कार्यालय बिपी नगरले अख्तियारको पत्रअनुसार सबै सामुदायिक बनलाई अर्को पत्र काट्यो । अहिले केही सामुदायिक बनले जवाफ दिए केहीले दिँदै छन् । एकातर्फ वन कार्यालय आफैंले सामुदायिक वन भित्रको बेथितिको छानबिन गरिरहेको छ । अर्को तर्फ ती सामुदायिक वनमा पुन कटानी आदेश दिने तयारीमा छ ।

केही दिन पहिले जिल्ला वन कार्यालयले विवादित सामुदायिक वनमै पुनः छपान आदेश दिएको थियो । अघिल्लो पटक पनि हिसाब पारदर्शी नभएको आरोप झेलेको संरक्षण सामुदायिक वनमा अहिले धमाधम पुन कटानको लागि छपान भइरहेको छ । यहाँ सचिव विरमान विक आफैंलाई धेरै कुरा थाहा नभएको बताउँछन् ।

‘हामीलाई जानकारी नै नदिएर अध्यक्षले मनोमानी गरिरहेका छन्’, उनले भने, ‘अघिल्लो पटक पनि हिसाब पारदर्शी भएन अहिले पनि हामीलाई धेरै जानकारी दिइँदैन ।’

सचिव मात्रै होइन कोषाध्यक्ष पनि यस विषयमा जानकार छैनन् । संरक्षण सामुदायिक बनमा मात्र होइन उज्यालो सामुदायीक वन, चौडेल र गौडेल सामुदायिक वनमा पनि अहिले टाँचा लगाउने काम भइरहेको छ । स्थानीयले अध्यक्षले ले मनोमानी ढङ्गबाट वन कार्यालयका कर्मचारीसँग सेटिङ मिलाएको आरोप लगाएका छन् । यता बन कार्यालयले पनि छानबिन चलिरहेकै बेला पुन कटानी आदेश दिने तयारी गरिरहेका छन् ।

डिभिजन बन कार्यालय डोटीका प्रमुख रामचन्द्र कँडेलले कारबाही र प्रक्रिया र पुन छपान प्रक्रिया दुवै अघि बढिरहेको बताए । ‘अख्तियारको पत्र अनुसार हामीले छानबिन गरिरहेका छौँ’ उनले भने ‘केही सामुदायिक बनमा अहिले छपान पनि भइरहेको छ ।’

अघिल्लो पटक नै अनियमितता भएको भन्दै उजुरी परेका सामुदायिक वनहरूमा पुन त्यसको छानबिन पुरा नहुँदै डिभिजन बन कार्यालयले कटानी आदेश दिन तयारी हुनुलाई पनि धेरैले वनका पदाधिकारीसँगको सेटिङका रुपमा बुझेका छन् ।


३ चैत २०७९, शुक्रवार १७:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु