punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्ववियु निर्वाचन : डोटी, दार्चुलामा माओवादी र बझाङमा नेकपा एससँग अनेरास्ववियुको तालमेल

Chaupati
safha napa

कैलाली । स्ववियु निर्वाचनका लागि एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले डोटी र दार्चुलामा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी तथा बझाङमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन सँग तालमेल गरेको छ ।

चैत्र ५ गते हुने निर्वाचनका लागि यी जिल्लाहरूमा चुनावी तालमेल भएको हो ।

बझाङका आठ क्याम्पस मध्ये एमाले निकट विद्यार्थी सङ्गठनले ५ र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठनले ३ क्याम्पसको सभापति पाएका छन् । त्यस्तै डोटीमा ६ क्याम्पस मध्ये ३ मा माओवादी निकट विद्यार्थी सङ्गठनलाई र ३ मा एमाले निकट विद्यार्थी सङ्गठनलाई सभापति दिने गरी सहमति भएको हो ।

उता दार्चुलामा पनि एमाले निकट विद्यार्थी सङ्गठनलाई चार क्याम्पसको सभापति र माओवादी निकट विद्यार्थी सङ्गठनलाई दुई क्याम्पसको सभापतिमा भागबन्डा गरिएको अनेरास्ववियु सुदूरपश्चिम अध्यक्ष मनोज राईले जानकारी दिए ।

उनले बिचार मिल्ने सङ्गठनसँग तालमेल गरिएको र त्यही अनुसार उम्मेदवारी दर्ता भएको समेत बताए । उनले बिचार मिल्ने विद्यार्थी सङ्गठनसँग तालमेल भएको हुँदा जित सुनिश्चित भएको समेत दाबी गरे ।


२८ फागुन २०७९, आइतवार ०९:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु