punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

Chaupati
safha napa

नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले शनिबार बिहान बसेको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए ।

शाक्यलाई सर्वसम्मत रूपले उम्मेदवार बनाउने निर्णय भएको उपमहासचिव ज्ञवालीले बताए । नेपाली महिला आन्दोलनमा लामो समय सक्रिय शाक्य वाग्मती प्रदेशकी पूर्वमुख्यमन्त्रीसमेत हुन् । उनी नेपालको पहिलो महिला मुख्यमन्त्रीसमेत हुन् ।

एमाले उपमहासचिव ज्ञवालीले गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्षरउपाध्यक्ष, प्रमुखरउपप्रमुखमध्ये एक जना महिला अघि सारेको सन्दर्भलाई लिएर राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना महिला हुनुपर्ने कुरालाई अन्देखा गर्न नमिल्ने बताए । पुरुषलाई नै दुई वटै पदमा उठाउने कुरा संविधान विपरीतको कुरा भएको उनको भनाइ छ ।

‘यो बैठक एउटा मात्रै एजेण्डामा केन्द्रित थियो । चैत्र ३ गते हुने उपराष्ट्रपतिका लागि पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेका छौँ । हामीले तल गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्षरउपाध्यक्ष, प्रमुखरउपप्रमुखमध्ये एक जना महिला अघि सारेका छौँ । पुरुषलाई नै दुई वटैमा उठाउने कुरा संविधानविपरीतको कुरा हो । त्यसो गर्न मिल्दैन ।’

उपराष्ट्रपति पदका लागि आज निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय दिएको छ ।


२७ फागुन २०७९, शनिवार १२:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु