प्रदेश सरकार सञ्चारमैत्री छ : प्रदेश अर्थमन्त्री शाही
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाही प्रदेश सरकार सञ्चारमैत्री रहेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिको तेस्रो साधारण सभामा यस्तो बताएका हुन्
‘प्रदेश सरकार सञ्चारमैत्री र पत्रकार मैत्री सरकार हो’ उनले भने ।
उनले सरकारले गरेको सकारात्मक कामहरूको पनि प्रचार प्रसार गरिदिन अपिल गरेका थिए । प्रदेश अर्थमन्त्री शाहीले सुदूरपश्चिम प्रदेशलाई भनिने दुर्गमको परिभाषा परिवर्तन गर्न आवश्यक रहेको बताए ।
‘सुदूरपश्चिम दुर्गम भन्छन् त्यो परिवर्तन गर्न आवश्यक छ’ उनले भने, ‘सुदूरपश्चिमलाई एउटा ब्रान्ड बनाउन लागौँ ।’
पत्रकार महासङ्घको प्रदेशका अध्यक्ष योगेश रावलको अध्यक्षतामा सुरु भएको साधारण सभामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाको पनि उपस्थिति रहेको छ ।
२० फागुन २०७९, शनिवार १५:२२ बजे प्रकाशित































