चर्को ब्याजदर विरुद्ध मुख्यमन्त्री कार्यालय अगाडी व्यापारीको धर्ना, १ घण्टा सडक अवरुद्ध
कैलाली । बैङ्कहरूले दिइरहेको चर्को ब्याजदरका विरुद्धमा कैलालीका उद्योगी व्यवसायीले आन्दोलन सशक्त पारिरहेका छन् ।
आज उद्योगी व्यापारीहरूले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको गेटमा धर्ना दिएका छन् । केही दिन देखी आफूहरूले गरिरहेको आन्दोलनमा बिषयमा प्रदेश सरकारले पनि चासो नदिएको भन्दै उनीहरुले मुख्यमन्त्री कार्यालय अगाडी सबेर धर्ना दिएका हुन् ।
बिहान ११ बजे सम्म यहाँका सबै व्यापार बन्द गरेर आन्दोलनमा उत्रिएका व्यापारीहरूले आज बिहान १० देखी ११ बजे सम्म मुख्यमन्त्री कार्यालयको अगाडी सडक समेत अवरुद्ध गरेका थिए ।
आज बिहान ९ बजे धनगढी चौराहाबाट निकालिएको ¥याली मुख्यमन्त्री कार्यालयमा पुगेर कोष सभामा परिणत भएको थियो । कोष सभामा उद्योगी व्यवसायीहरूले तत्काल ब्याजदर घटाउन माग गरेका थिए ।
भोलिबाट थप आन्दोलन सशक्त पारिने कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
१९ फागुन २०७९, शुक्रवार ११:४८ बजे प्रकाशित































