punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रपति उम्मेदवार नेम्वाङले एकीकृत समाजवादीसँग मागे भोट

Chaupati
safha napa

राष्ट्रपति पदका उम्मेदवार सुवास नेम्वाङले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर राष्ट्रपति निर्वाचनमा आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।

राष्ट्रपति निर्वाचनमा भोट माग्न नेम्वाङसहित नेकपा एमालेका नेताहरु बिहीबार बिहान ११ बजे आलोकनगरस्थित नेकपा एसको कार्यालय पुगेका थिए ।
नेम्वाङले अध्यक्ष नेपाललाई भेटेर राष्ट्रपति निर्वाचनमा मतदान गरेर सघाउन आग्रह गरेका छन् ।नेम्वाङसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, सचिव रघुवीर महासेठ र नेता विमला राई सहभागी छन् ।

भेटमा नेकपा एसका अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा समेत सहभागी थिए ।

नेम्वाङले बिहीबारै रास्वपा र राप्रपाका नेताहरुलाई समेत भेटेर राष्ट्रपति निर्वाचनका लागि छलफल गर्ने कार्यक्रम छ ।
२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा नेम्वाङ र कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा छ ।


१८ फागुन २०७९, बिहीवार १२:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु