punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रपतिमा पौडेललाई जिताउन धनगढीमा १९ गते सत्ता गठबन्धनका सांसदहरूलाई प्रशिक्षण दिइने

Chaupati
safha napa

कैलाली । २५ गते हुने राष्ट्रपतिका निर्वाचनका सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका रामचन्द्र पौडेललाई जिताउन १९ गते धनगढीमा प्रशिक्षण कार्यक्रम हुने भएको छ ।

केन्द्रमा भएको ८ दलीय गठबन्धनको सहमति अनुसार कैलालीका १९ गते प्रशिक्षण कार्यक्रम हुन लागेको हो । कैलालीमा हुने प्रशिक्षण कार्यक्रमको संयोजन मुख्यमन्त्री कमल शाहले गर्ने भएका छन् ।

आज मुख्यमन्त्री कार्यालयका उपस्थित सत्ता गठबन्धनका सांसदहरूले राष्ट्रपतिमा पौडेललाई जिताउने बारे प्रशिक्षणको संयोजन गर्ने जिम्मेवारी शाहलाई दिएका थिए । बैठकमा कांग्रेस,माओवादी , नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका सांसदहरू सहभागी थिए ।

राष्ट्रपतिमा ८ दलीय गठबन्धनबाट कांग्रेसका पौडेल र एमालेका सुभाषचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

१६ फागुन २०७९, मंगलवार १९:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु