punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यू-१९ विश्वकप छनोटमा नेपालले मलेसियालाई १० विकेटले हरायो

Chaupati
safha napa

यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार चौथो खेलमा जित निकालेको छ।

नेपालले मंगलबार भएको खेलमा मलेसियालाई १० विकेटले पराजित गर्दै आगामी वर्ष श्रीलंकामा हुने विश्वकप खेल्ने सम्भावना बलियो बनाएको हो। अन्तिम खेलमा आयोजक युएईलाई हराए नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा पुग्नेछ।

यसअघि सोमबार हङकङलाई ९ विकेटले हराएको पहिलो खेलमा सिंगापुरलाई ९६ रन र दोस्रो खेलमा कुवेतलाई २४३ रनले पराजित गरेको थियो।

मंगलबार मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरमै विकेट नगुमाइ पार गर्‍यो।

नेपालको जितमा दीपक बोहराले नटआउट ३८ रन र अर्जुन कुमालले नटआउट २१ रन जोडे। बोहराले २९ बलमा ८ चौका र कुमालले २५ बलमा ३ चौका हिर्काए।

त्यसअघि युएईको मालेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले ३५।३ ओभरमा ७२ रनमा अलआउट गरेको थियो।

मलेसियाका लागि अक्रम मालेकले २६ रन जोड्दा हाइरिल हरिसन र मोहमद साहिरले १२(१२ रन जोडे।

मलेसियाका अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

बलिङमा नेपालका दिपेश कडेँलले ४ विकेट लिए। उनले १० ओभरमा ११ रन खर्चिए। आकाश चन्दले ३ विकेट लिए भने मिलन बोहराले २ विकेट र सुवास भण्डारीले १ विकेट लिए।

नेपालले आफ्नो अन्तिम खेल आयोजक युएईसँग फागुन १८ गते खेल्ने तालिका छ। युएईलाई पराजित गरे नेपालले सन् २०१६ पछि पहिलो पटक यू(१९ विश्वकप खेल्नेछ।

प्रतियोगितामा नेपालसहित घरेलु टिम युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुर गरी ६ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रतियोगिताको च्याम्पियन टिमले आगामी वर्ष हुने विश्वकपमा स्थान बनाउनेछ।

नेपालले सन् २०१६ देखि यू(१९ विश्वकपमा स्थान बनाउन सकेको छैन। सन् २०१८, २०२० र २०२२ गरी नेपालले तीन वटा यू(१९ विश्वकप गुमाएको थियो।

सन् २००० मा पहिलो पटक यू(१९ विश्वकप खेलेको नेपालले त्यसपछि २००२, २००४, २००६ र २००८ गरी लगातार पाँच विश्वकप खेलेको थियो।


१६ फागुन २०७९, मंगलवार १४:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु