punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चर्को ब्याजदर विरुद्ध व्यवसायी आन्दोलित, कैलाली उद्योग वाणिज्य संघले अगुवाइ गर्ने

Chaupati
safha napa

कैलालीका व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउनुपर्ने माग गर्दै आन्दोलन घोषणा गरेका छन् । कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरु ब्याजदर विरुद्ध आन्दोलनमा उत्रन लागेका हुन् । संघले सोमबार धनगढीमा पत्रकार सम्मेलन गरेर चर्को ब्याजदर विरुद्ध प्रदर्शनलगायतका कार्यक्रम गर्न लागिएको जनाएको छ ।

संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले चर्को ब्याजदर असुलिरहेको विरोधमा मंगलबार धनगढीमा प्रदर्शन गरिने बताए । उनले संघको अगुवाइमा हुने आन्दोलनमा सबै बस्तुगत संघसंगठन ऐक्यवद्धता र समर्थन रहेको दावी गरे । बैंक तथा वित्तीय संस्थाले ब्याजदर मनोमानी बढाउँदा व्यवसाय धरासायी बनेको उनले बताए । माग सुनुवाइ नभए आन्दोलनका थप कार्यक्रम घोषणा गरिने संघले जनाएको छ ।

चर्को ब्याजदर घटाउनुपर्ने मागसहित अर्थमन्त्रीलगायत सरोकारवाला सबै निकायमा ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको व्यवसायीको गुनासो छ । सरकारले सुनुवाइ नगरेपछि आन्दोलनमा उत्रनु परेको बरिष्ठ उपाध्यक्ष ओझाले बताए । ओझाले चर्को ब्याजको मारमा व्यवसायीमात्र नभएर आमनागरिक पनि परेको बताए ।

कैलाली उद्योग वाणिज्य संघलगायत व्यवसायसंवद्ध संघसंस्थाहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा बैंकहरुले दोब्बर बढाएको सेवा शुल्क, कर्जा स्वीकृति शुल्कलाई पनि घटाउन तथा चालु पूँजी कर्जा निर्देशिक स्थगित गर्नुपर्ने माग गरिएको छ ।


८ फागुन २०७९, सोमवार २०:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु