punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

Chaupati
safha napa

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको चिकित्सकहरूले जानकारी गराएका छन्।

गत फागुन ३ गते राति बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए।

सांसद भण्डारीकी आमाको कीर्तिपुरस्थित अस्पतालमा उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो। सोही दिन सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो।

मुम्बईमा सांसद भण्डारीको उपचार जारी छ। उनको उपचारमा संलग्न रहेका चिकित्सकहरूले दिएको जानकारीअनुसार सांसद भण्डारीको अवस्था क्रमिक रूपमा सुधार हुँदै गइरहेको छ।

अस्पतालमा रहेका कांग्रेस नेता योगराज कँडेलका अनुसार सांसद भण्डारीको प्लेटिलेट्सको मात्रा बढेको छ भने पिसाबको मात्र नर्मल देखिएको चिकित्सकहरूले जानकारी दिएका छन्।

भण्डारीको शरीरमा ज्वरो छैन।

‘सबै अंगहरूले नर्मल रूपमा काम गरिरहेको जानकारी डाक्टरहरूले दिनुभएको छ,’ कँडेल भन्छन्, ‘अक्सिजन दिन छाडिएको छ। स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ।’


८ फागुन २०७९, सोमवार २०:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु