punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादी सुदूरपश्चिमको पदाधिकारी बैठकमा विश्वासको मतबारे के भयो निर्णय ?

Chaupati
safha napa

कैलाली । माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश पदाधिकारीको बैठक आज कैलालीको बढैपुरमा सबेको छ । उक्त बैठकले केन्द्रको समीकरण अनुसार अघि बढ्ने सङ्केत दिएको छ ।

बैठकमा सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने बिषयमा पनि छलफल भएको थियो । तर, विश्वासको मत दिने वा नदिने भन्ने बिषयमा ठोस निर्णय नभएको एक पदाधिकारीले बताए ।

उनका अनुसार केन्द्रको राजनैतिक समीकरण अनुसार प्रदेशमा पनि भूमिका खेल्नु पर्ने बिषयमा छलफल भएको थियो ।

एमालेका मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार कांग्रेस संसदीय दलका नेता कमल शाह अहिले मुख्यमन्त्री छन् । उनले पनि ३० दिन भित्र विश्वासको मत लिइसक्नु पर्ने छ । तर, अहिले सम्म उनले पनि विश्वासको मत पाउने नपाउने भन्ने यकिन हुन सकेको छैन ।

नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पुरा नभए सम्म विश्वासको मत दिन नसकिने बताएको छ भने माओवादी केन्द्रले पनि आज केन्द्रको समीकरण अनुसार अघि बढ्ने सङ्केत दिएको छ ।

बैठकमा सहभागी केही नेताहरूले संसद् जोगाउन भएपनि विश्वासको मत दिनु पर्ने बताएका थिए । तर, त्यस बिषयमा कुनै निर्णय नभएको नेताहरूले बताए । बैठक भोली सम्म जारी रहने बताइएको छ ।


८ फागुन २०७९, सोमवार २०:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु