भीरबाट लडेर बैतडीमा एक जनाको मृत्यु
बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु छ । जिल्लाको दशरथचन्द नगरपालिका–४ जर्गका ४३ वर्षीय धनी चन्दको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
चन्दको भिटेजर्गस्थित सलहाल्ने भीरबाट लडेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
भीरबाट लडेर करिब ५ मिटर तल चन्द मृत अवस्थामा फेला परेका हुन्।
७ फागुन २०७९, आइतवार ११:३२ बजे प्रकाशित













