punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुन तोलामा ६०० रुपैयाँ घट्यो

Chaupati
safha napa
बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा ६०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको छ।

महासंघले बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम गरिएको छ। बुधबार सुन १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार २८५ रुपैयाँ निर्धारण गरिएको छ। जुन बुधबारको तुलनामा ५ रुपैयाँ घटेको हो। बुधबार चाँदीको कारोबार प्रति तोला १ हजार २९० रुपैयाँमा भएको थियो।

महासंघका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा नै सुनचाँदीको मूल्य घटेर आउन थालेपछि त्यसको प्रभाव नेपाली बजारमा देखिएको हो।

आज अन्तर्राष्ट्रीय बजारमा सुन प्रतिऔंस १८४०.७५ डलर र चाँदी प्रति औंस २१.७७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

संघका अध्यक्ष शाक्यका अनुसार केही दिनयता सुनको मूल्यमा निरन्तर गिरावट आएपनि बजारमा खासै कारोबार भएको छैन।

‘केही दिनयता सुनको मूल्य निरन्तर घटिरहेपनि १ लाख रुपैयाँभन्दा बढी नै छ। सुन अझै महँगो भएकाले मूल्यकै कारण कारोबारमा कमी छ। अहिले सुन दैनिक १० किलोकै हाराहारीमा कारोबार भइरहेको छ हुन्छ,’ शाक्यले भने।


४ फागुन २०७९, बिहीवार १२:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु