punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कुशलको उत्कृष्ट शतकमा नामिबियाविरुद्ध नेपालको कीर्तिमानी जित

Chaupati
safha napa

ओपनर कुशल भुर्तेलको शतकमा आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग(२ अन्तर्गत त्रिदेशी एकदिवसीय श्रंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध कीर्तिमानी जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ४७।४ ओभरमा ८ विकेट गुमाएर पुरा गर्दै २८७ रन बनायो । जुन एकदिवसीय क्रिकेटमा हालसम्म नेपालले चेज गरेको र बनाएको सबैभन्दा ठूलो स्कोर हो ।

यसअघि, त्रिवि क्रिकेट मैदानमा पीएन्जी विरुद्ध त्रिवि मैदानमै नेपालले २८६ रन बनाएको थियो ।

नामिबियाविरुद्ध नेपालको जितमा ओपनर कुशल भुर्तेलले ११३ बल खेल्दै १० चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ११५ रनको शतकिय इनिङ इनिङ खेले ।

उनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग कीर्तिमानी १३३ रनको साझेदारि गरेका थिए ।

जुन एकदिवसीय क्रिकेटमा नेपालले गरेको ठूलो साझेदारि हो । यस्तै, उनले पाँचौ विकेटका लागि सन्दीप जोरा सँग ४९ रनको साझेदारी गरे ।

रोहित पौडेलले ७६ बलमा ७ चौका र तीन छक्काको मद्दतमा ७२ रन योगदान गरे । आसिफ शेख ५ बल खेल्दै शून्यमा आउट हुँद ज्ञानेन्द्र मल्ल २५ रन र सन्दीप जोरा २८ रन बनाएर पभेलियन फर्किएका थिए । करण केसी २० रन र सोमपाल कामी ४ रनमा अविजित रहे ।

नामिबियाका रुबेन ट्रपेलम्यान र जान निकोल लोफ्टी( इटोनले समान तीन विकेट लिए भने बर्नाद स्कोल्ज र तानगेनी लुङ्गामेनीले एक(एक विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङ थालेको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रनको योगफल तयार पारेको थियो ।


२ फागुन २०७९, मंगलवार १७:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु