punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष तिवारीलाई मातृ शोक

Chaupati
safha napa

नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष तथा महेन्द्रनगरबाट प्रकाशित हुने अभियान दैनिकका प्रकाशक/सम्पादक लक्ष्मण तिवारीलाई मातृ शोक परेको छ।

पत्रकार तिवारीकी ५८ वर्षीय आमा सोममतीको मंगलबार राति करिब साढे ९ बजेतिर अमेरिकामा निधन भएको हो।

कान्छो छोरा आनन्दलाई भेट्नका लागि बुवा रामसिंह र आमा सोममती सोमबार अमेरिकाको क्यानडा उडेका थिए। त्यहाँस्थित एयरपोर्टमा झरेपछि आमा सोममतीलाई अचानक हृदयघात हुँदा निधन भएको परिवारका सदस्यले बताए।

कान्छो छोरा आनन्दको बिहेको तयारी भइरहेको र बैबाहिक कार्यक्रममा सहभागी हुन बुवाआमा त्यता प्रस्थान गरेका थिए। पत्रकार तिवारीलाई परेको मातृ वियोगमा सञ्चार सम्बद्ध विभिन्न संघ–संस्थाहरुले दुःख व्यक्त गरेका छन्।


११ माघ २०७९, बुधवार १२:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु