punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरा भूकम्प : केन्द्रबिन्दु बिच्छाया सम्पर्कविहीन

Chaupati
safha napa

बाजुरा :मंगलबार दिउँसो गएको भूकम्पको केन्द्रबिन्दु रहेको हिमाली गाउँपालिकाको बिच्छ्या सम्पर्कविहीन भएको छ। बिच्छाया सम्पर्कविहीन हुँदा क्षतिको विवरण संकलनमा समस्य भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सूर्यबहादुर थापाले बताए।

मंगलबार बिहानदेखि बिच्छाया लगायत जिल्लामा हिमपात र वर्षा भएसँगै दुर्गम क्षेत्रका टेलिफोन टावर बन्द भएको डिएसपी थापाले बताए। बाजुराको सबैभन्दा दुर्गम क्षेत्रको रुपमा रहेको बिच्छ्याको क्षति बारे जानकारी लिन नसकिएको थापाले बताए।

डिएसपी थापाले भने, ुहिजो दिउँसो प्रहरी चौकी बिच्छायामा एकपटक सम्पर्क भएको थियो। राम्रोसँग कुरा नहुँदै फोन काटियो प्रहरी चौकी बिच्छाया र आसपासका घर चर्केको सामान्य सुचना बाहेक अन्य ठाउँको क्षति बारे जानकारी लिन समस्य भएको छ।ु

बिच्छया क्षेत्रमा हिमपात भइरहेका कारण पनि सो क्षेत्रमा राहत तथा उद्धारमा कठिनाइ भइरहेको हिमाली गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन्। ुफोन सम्पर्क भएको छैन बिच्छाया क्षेत्रका जनप्रतिनिधिलाई फोन लाग्दैन। म्यासेज गरेरका छौं, रिप्लाई आएको छैन। हिउँ लगातार परिरहेको छ। पैदल जान सक्ने अवस्था नभएकोले जानकारी लिन समस्या भएको छु, भण्डारीले भने।

अहिलेसम्म जिल्लाका अन्य क्षेत्रबाट आएको विवरणमा गौमुल गाउँपालिका २ की ३२ वर्षीया जमुना रोकायाको मृत्यु भएको छ भने सोही गाउँपालिका २ का ३५ वर्षीया रामदल बोहोरा घाइते भएका छन्। उनको अम्लिस स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

भूकम्पले पहिरो गएपछि रामदल बोहोराका ५० बढी भेडा पहिरामा पुरिएका छन्। दर्जनौं घर पूर्णरुपमा क्षति भएका छन् भने हजारौं घर बस्न लागएक छैनन्। पुनस् भूकम्प आउने डरले स्थानीय पालमा रातभर जागाराम रहेका छन्। जिल्ला भर हिमपात र पानी परिरहेको कारण राहत तथा उद्धारमा समस्या भइरहेको छ।


११ माघ २०७९, बुधवार ११:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु