वन मुद्दामा फरार एक जना घोडाघोडीबाट पक्राउ
कैलाली । कैलालीमा वन मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले घोडाघोडी नगरपालिका वडा नं। ११ बस्ने बर्ष ६३ को काशीराम डगौरा थारुलाई पक्राउ गरेको हो । उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
कैलाली जिल्ला अदालतबाट वन मुद्दामा ५१,०८८ जरिवाना भई फरार रहेका रहेका थारुलाई प्रहरीले आवश्यक कारबाहीको लागि अदालत पेश गरेको जनाएको छ ।
११ माघ २०७९, बुधवार १२:१६ बजे प्रकाशित






























