शेखर पक्षको भेलामा प्रस्ताव- १५ औं महाधिवेशनको तयारी सुरू गरौं

 

शेखर पक्षको भेलामा प्रस्ताव- १५ औं महाधिवेशनको तयारी सुरू गरौं

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आइतबार काठमाडौंको बत्तिसपुतलीमा राखेको भेलामा पार्टीको १५ औं महाधिवेशनको तयारी सुरू गर्नुपर्ने प्रस्तावसमेत आएको छ। उपसभापति धनराज गुरूङले १५ औं महाधिवेशनको तयारी सुरू गरिहाल्नुपर्ने प्रस्ताव राखेका हुन्।

कांग्रेसको १४ औं महाधिवेशन गत वर्ष मंसिरमा भएको थियो। विधानअनुसार चार वर्षको अन्तरालमा महाधिवेशन गर्नुपर्छ। समयमै महाधिवेशन भए अझै तीन वर्ष बाँकी छ। उपसभापति गुरूङले पार्टीमा रूपान्तरण र परिवर्तन पक्षधरले अहिलेदेखि नै महाधिवेशन तयारी थाल्नुपर्ने बताए।

‘आजैदेखि १५ औं महाधिवेशनको तयारी थालौं,’ गुरूङले बैठकमा भने, ‘ढिला गर्नु हुँदैन।’ उनले शेखरलाई सभापतिका रूपमा अघि सारेर महाधिवेशन तयारी सुरू गर्नुपर्ने बताए।

‘महाधिवेशन तयारी सुरू गरिहालौं। ढिला हुँदा धेरै साथीहरूले इच्छा गर्नुहुन्छ। मेरो पनि इच्छा हुन सक्छ,’ उनले भने। बैठकमा महामन्त्री गगन थापालगायत पदाधिकारी, केन्द्रीय सदस्य, सांसदहरू, प्रदेश सभापतिलगायत उपस्थित थिए।

माहामन्त्री थापा संसदीय दल नेताको उम्मेदवार हुँदा अब हुने महाधिवेशनमा सभापतिमा कोइरालालाई सहयोग गर्ने समझदारी बनेको दाबीसमेत भएको थियो।


८ माघ २०७९, आइतवार १३:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु