तोलामा २ सय रुपैयाँले घट्यो सुनको मूल्य

साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो ।
आइतबार सुनको भाउ तोलाको १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको भाउ तोलामा १ लाख ५ हजार २ सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य भने स्थिर छ । आइतबार पनि चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
८ माघ २०७९, आइतवार ११:५६ बजे प्रकाशित