punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सत्ता गठबन्धनबाट को हुँदैछ उपसभामुख उम्मेदवार ?

Chaupati
safha napa

प्रतिनिधि सभाको उपसभामुख पदका लागि ७ माघमा निर्वाचन हुँदैछ । यसका लागि आज अर्थात् शुक्रबार दिउँसो मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

सत्ता गठबन्धनमा उपसभामुखको राष्ट्रिय स्वतन्त्र पार्टीका लागि दिने सहमति भएको छ ।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री रवि लामिछानेले पनि यही कुरा दाबी गरेका थिए । उनले संसद भवनमा सन्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो दाबी गरेका थिए ।

सभामुखमा देवराज घिमिरे निर्वाचित भइसकेका छन् । संविधानअनुसार अब उपसभामुखमा महिला नै हुनु पर्ने प्रावधान छ । त्यसैले उपसभामुखमा महिला हुने निश्चित जस्तै छ ।

उपसभामुख कसलाई बनाउने भन्ने विषयमा आज रास्वपाको संसदीय दलको बैठक बस्दै छ । रास्वपाबाट सोविता गौतम, डा। चन्दा कार्की, सुमना श्रेष्ठ, इन्दिरा रानामगरलगायतले उपसभामुखको आकांक्षा राखेका छन् ।

यीमध्ये सोविता गौतमको सम्भावना बढी भएको सत्ता साझेदार दलहरुले बताएका छन् । उनी प्रत्यक्ष निर्वाचित भएकाले पनि रास्वपाले उनलाई प्राथमिकतामा राखेको छ ।


६ माघ २०७९, शुक्रवार ०६:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु