punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज १ बजे थप नयाँ मन्त्रीहरुको शपथ, कुन दललाई कुन मन्त्रालय (नामावली सहित)

Chaupati
safha napa

सत्ता साझेदार दलहरूको बैठकले मन्त्रालय भागबन्डा टुङ्गो लगाएका छन् । आज मन्त्रिपरिषद् विस्तार गर्ने र १ बजे शपथ हुने तय भएको छ ।

राप्रपाले उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय पाएको छ । राप्रपाले ऊर्जा,सहरी विकास र युवा तथा खेलकुद मन्त्री पाउने समझदारी भएको हो ।

अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधानमन्त्री र ऊर्जासहित सरकारमा सहभागी हुने भएका छन् । बाँकी दुई मन्त्रीको टुङ्गो पार्टीले मंगलबार लगाउने छ ।

साथै, रास्वपाले उपप्रधानमन्त्रीसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको छ । सो पार्टीबाट उप सहित गृहमन्त्री रवि लामिछाने सरकारमा गइसकेका छन् ।

अब रास्वपाले शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ ।
सत्ता साझेदारमध्ये सबैभन्दा ठूलो दल नेकपा एमालेले ८ वटा मन्त्रालयसहित सरकारमा १० जनाको सहभागिता गराउने भएको छ । सोमबार रातिको समझदारी अनुसार एमाले २ राज्यमन्त्री र ८ मन्त्री पाउने भएको हो ।

तीमध्ये उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेलसहित ३ जना मन्त्री यसअघि नै नियुक्त भइसकेका छन् । एमाले उच्च स्रोतका अनुसार बाँकी चार विभागीय मन्त्रीमा पर्वतका पदम गिरी,सुनसरीकी भगवती चौधरी,सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारीले मौका पाउने भएका छन् ।

एमालेले यसपालि दुई पटक चुनाव जितेका र अहिलेसम्म मन्त्री बन्न नपाएका मध्येबाट मन्त्री छनौट गरेको हो । त्यस्तै दुई राज्यमन्त्रीमध्ये एक रौतहटका किरण साह हुने भएका छन् । अर्का एकमा पर्साका राजकुमार गुप्ता वा अर्को कसलाई पठाउने भन्ने तय नभएको एक नेताले बताए ।

एमालेबाट यसअघि ज्वाला कुमारी साह,राजेन्द्र राई र दामोदर भण्डारी मन्त्री नियुक्त भइसकेका छन् ।

एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था, उद्योग र महिला बालबालिका मन्त्रालय पाउने सम्भावना छ । मन्त्रालय मङ्गलवार बिहानसम्म तलमाथि हुने बताइएको छ ।

त्यस्तै माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ भने राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाउनेछ भने जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएको हो ।

स्रोतका अनुसार जसपाले २ वटा मन्त्रालय प्रस्ताव गरिएकोमा स्वीकार गरेको छैन ।

सत्ता साझेदार दलहरुको बैठकले राष्ट्रपति र सभामुख गठबन्धनको सबैभन्दा ठूलो नेकपा एमालेलाई दिने सहमति जनाएको छ ।


३ माघ २०७९, मंगलवार ०६:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु