punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सत्ता साझेदार दलहरूको बैठक बस्दै, मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

Chaupati
safha napa

सत्ता साझेदार दलहरूको बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।

बैठक ११ बजे बस्ने तय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा मन्त्रालय भागबन्डामा सहमति जुटाएर सकभर आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

सत्ता साझेदार दलहरूबीच कसलाई कति वटा मन्त्रालय दिने भन्ने टुंग्याउन बाँकी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार र बिहीबार बालकोट र बालुवाटारमा भएको छलफलमा मोटामोटी सहमति भएको स्रोतले जानकारी दिएको छ । त्यो सहमतिअनुसार सरकारमा सहभागी दलहरूसँग छलफल गरेर अन्तिम रूप दिने तयारी छ ।


२९ पुस २०७९, शुक्रवार ११:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु