११ बजे बोलाइएको प्रदेश सभा बैठक अझै सुरु भएन
कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बैठक अझै सुरु हुन सकेको छैन । सभामुख निर्वाचनका लागि आज ११ बजे बैठक आह्वान गरिएको हो ।
हिजो साझ कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि आज पुन निर्वाचन गर्ने गरि ११ बजेलाई बैठक बोलाइएको हो । अहिले सम्म सर्वदलीय बैठक बसिरहेको छ। सर्वदलीय बैठक लम्बिँदा प्रदेश सभा बैठक सुरु हुन नसकेको हो ।
सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । हिजो पहिलो चरणमा भण्डारीले २७ मत पाएपछि दोस्रो पटक भएका मतदानमा १ मत बदर हुँदा २६ मत मात्रै पाएका थिए । दोस्रो पटक पक्षमा पनि २७ मत नआउँदा उनी सभामुख हुन पाएनन् । कांग्रेसका रावलले दुबै पटक २३ मत पाएका थिए ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ ।
२९ पुस २०७९, शुक्रवार ११:३३ बजे प्रकाशित































