punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पेट्रलियम पदार्थको मूल्य घटाउने निगमको तयारी

Chaupati
safha napa

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएसँगै नेपाल आयल निगमले पेट्रलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ ।

हिजो बिहीबार प्रधानमन्त्री प्रचण्डले निगमको सञ्चालक समितिका अध्यक्ष समेत रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई बोलाएर तत्काल मूल्य घटाउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीले निर्देशन दिएसँगै अब सञ्चालक समितिले मूल्य घटाउने निर्णय गर्नुपर्ने हुन्छ । तर हिजैमात्र मन्त्रिपरिषद्‌को बैठकले सचिव रायालाई अर्थ मन्त्रालयका सचिवमा सरुवा गरेको छ । अहिले प्रधानमन्त्री दाहालले नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

अब नयाँ सचिव आएर सञ्चालक समितिको बैठक बसेपछि मात्रै पेट्रोलियम पदार्थको मूल्य कतिले घटाउने विषयमा निर्णय हुने निगम स्रोतले जनाएको छ । तर मूल्य भने घट्ने पक्का रहेको उनले बताए ।


२२ पुस २०७९, शुक्रवार १४:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु