punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा नेकपा एस : संसदीय दलको नेतामा सोडारी, उपनेतामा रावल, अरू कसलाई के जिम्मेवारी ?

Chaupati
safha napa

कैलाली । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । पार्टी बाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो ।

सोडारी कैलाली निर्वाचन क्षेत्र ४ को प्रदेश सभामा ४ हजार ७६ मतको अन्तरले विजयी भएका थिए । सोडारी अहिले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीसमेत छन् ।

धनगढी स्थित प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले दलको उपनेतामा कञ्चनपुर बाट निर्वाचित प्रकाश रावललाई दलको उपनेता, बाजुरा बाट निर्वाचित नरेश शाहीलाई प्रमुख सचेतक र माया पन्त लाई सचेतक तोकेको छ ।


१५ पुस २०७९, शुक्रवार १७:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु