punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्रीलाई नागरिक उन्मुक्तिले भन्यो – रेशमको रिहाइ नभएसम्म सुदूरपश्चिम सरकारलाई समर्थन गर्दैनौँ

Chaupati
safha napa

नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्मरण पत्र बुझाएको छ । टीकापुर घटनासम्बन्धी मुद्दा खारेजीलगायत पाँचबुँदे मागसहित नागरिक उन्मुक्ति पार्टीले शुक्रबार प्रचण्डलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर स्मरण पत्र बुझाएको हो ।

संघीय सरकार गठनमा पार्टीको समर्थन रहे पनि सुदूरपश्चिमको प्रदेश सरकार गठनका लागि आफ्ना माग पूरा नभएसम्म सहभागी नहुने र समर्थन पनि नगर्ने पार्टीका केन्द्रिय प्रवक्ता दामोदर पण्डितले हस्ताक्षर गरेको स्मरण पत्रमा उल्लेख छ ।

स्मरण पत्रमा उल्लेख छ। ‘विगतमा तपाईं दोस्रोपटक प्रधानमन्त्री हुँदा मित्र राष्ट्र भारतको भ्रमणमा रहँदा दिल्लीमा कथित मुख्य आरोपी भनिएका रेशमलाल चौधरीलाई भेटेको कुरा, २०७९ को स्थानीय तह निर्वाचनअघि कैलालीको मुसरियामा तपाईंले दिएको अभिव्यक्ति पनि स्मरण गराउन चाहन्छौं ।

नगरिक उन्मुक्ति पार्टीले २०७२ सालमा थारुले चलाएको आन्दोलन विशुद्ध राजनीतिक पहिचानको भएको भन्दै यो एजेण्डा नै प्रचण्ड नेतृत्वको पार्टीले उठाएको भनेर स्मरण गराएको छ ।

‘यो देशमा देखापरेका सबै दलले राजनीतिक माग राखेर चलाएको आन्दोलन राजनीतिक भए, गर्व गर्न लायक बने । तर २०७२ सालमा मेचीदेखि महाकालीसम्म तराइमा बसोबास गर्ने भूमिपुत्र पहिचानवादी थारु जातिले चलाएको आन्दोलन किन राजनीतिक बनेन, बन्दैन र विभेद छ रु स्मरण पत्रमा अगाडि उल्लेख छ  ‘तपाईंको नेतृत्वमा १० वर्षे जनयुद्धमा हजारौँ थारुको वलिदानी छ ।

यी सबै कुरालाई स्मरण गर्दै टीकापुरमा घटेको घटनाको कथित आरोपीलाई राजनीतिक मुद्दा मानेर निसर्त निर्दोष करार गरेर सम्पूर्ण मुद्दा खारेजी गरि राजबन्दी रिहा गरिदिन तपाईंको नेतृत्वमा रहेको सरकारसँग यो स्मरण पत्र पेश गरेका छौँ ।स्मरण पत्रमा पाँचवटा माग बुँदागत रूपमा राखिएका छन् ।


१५ पुस २०७९, शुक्रवार १७:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु