केन्द्रीय कारागार सुन्धाराबाट रिहा भए शोभराज
काठमाडौं । विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराज केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । उनलाई केही समय अगाडिमात्रै केन्द्रीय कारागारले रिहा गरेको हो ।
रिहा भएका उनलाई अध्यागमन विभागको जिम्मा लगाउने तयारी भएको छ । बिहीबार नै रिहा हुने भनिए पनि केही प्रक्रिया अझै बाँकी रहेका कारण उनी आज रिहा भएका हुन् ।
उनको पासपोर्स लगायतका कागजात नभएकाले सो प्रक्रिया पूरा नभएसम्म अध्यागमन विभागकै हिरासतमा रहने शोभराजका वकिल गोपाल सिवाकोटीले जानकारी दिए । उनलाई विभागमा एक्लै राखिनेछ ।
८ पुस २०७९, शुक्रवार १३:३० बजे प्रकाशित































