देउवासँग पराजितपछि गगनको प्रतिक्रिया : अब थप मिहिनेत गर्छु
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको निर्वाचनको परिणाम अपेक्षाकृत नआएको बताएका छन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग ३९ मतान्तरले संसदीय दलको नेतामा पराजित भएपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
स्वाभाविक रूपमा मेरो लागि यो अपेक्षाकृत होइन । मैले त योभन्दा राम्रो हुन्छ भन्ने सोचेको थिएरअपेक्षा गरेको थिए । थापाले सञ्चारकर्मीसँग भने, ‘तर, यसबाट म थाक्दा पनि थाक्दैन, यसबाट म निराश पनि हुन्न । अरू थप मिहिनेत गर्छु, अरू थप लाग्छु । नेपाली कांग्रेसको संसदीय दलको नेता बदलिनुपर्छ भन्ने मेरो एजेन्डा किन थियोरु के कारणले थियोरु भन्ने कुरा निरन्तर साथीहरू माझ लगिरहनेछु ।
उनले आगामी दिनमा आफू संसदीय दलको नेताका लागि कोसिस जारी राख्ने पनि बताए । थापाले आफू महामन्त्रीको रूपमा रहेर काम गर्ने तर तत्काल सरकारमा मन्त्री नबन्ने पनि बताए ।आज बिहान सम्पन्न मत परिणामअनुसार देउवा ६४ मतका साथ संसदीय दलको नेतामा निर्वाचित भए । उनीसँग पराजित थापाले २५ मत मात्र प्राप्त गरे ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिट जितेको थियो । कांग्रेसमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले यस निर्वाचनलाई महत्त्वपूर्ण मानिन्छ ।
कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा ९२० मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।
६ पुस २०७९, बुधवार १२:३० बजे प्रकाशित































