punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा पूर्व–पश्चिम राजमार्ग बन्द

Chaupati
safha napa

कैलालीमा पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ। जिल्लाको गोदावरी नगरपालिकाको स्याउले र हरैयामा पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको हो। स्याउलेमा ट्याक्टर व्यवसायीहरुले सडक अवरुद्ध पारेका हुन भने हरैयामा दुर्घटनापछि राजमार्ग बन्द गरिएको हो।

नगरपालिकाको वडा नम्बर ७ हरैयामा टिप्परले अटोलाई ठक्कर दिदा तीन वर्षीय  भरत ठकुल्लाको मृत्यु भएको थियो।  प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उनको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो।

दुर्घटना लगतै फरार भएको सु प प्र ०१००१ क २०२० टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हरैया चोकमा स्थानीयले सडक अवरोध गरेका हुन्।


६ पुस २०७९, बुधवार ११:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु