पूर्वमन्त्री प्रेम आलेलाई मातृ शोक

पूर्व पर्यटन तथा वनमन्त्री एवम् नेकपा एसका सांसद प्रेम आलेलाई मातृ शोक परेको छ ।

आलेकी आमा गंगादेवीको ७९ वर्षको उमेरमा सोमवार निधन भएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिएका छन् ।

उपचारका क्रममा निधन भएकी गंगादेवीको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।


५ पुस २०७९, मंगलवार ११:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु