मध्यरातमा धनगढीमा चोरी, प्रतिकार गर्दा स्थानीय कुटिए, गोलि चल्यो

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ९ मा गोली चलेको छ। वडा नम्बर ९ शिवरामनगर टोलमा चोरी गर्न आएको समुहले चोरी गरिसके पछि गोली चलाएका छन् ।

विहान करिब २ः३० स्थानीय प्रजापति विष्टको घरम राखेको अटो रिक्साका व्याट्री चोर्न आएका हरुले गोलि चलाएको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेद प्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार घरमा चोरी गर्न आएका विरुद्ध बिष्टले प्रतिकार गरेका थिए । प्रतिकार गर्दा बिष्टमाथी कुटपिट समेत भएको थियो ।

बिष्टलाई कुटपिट गरेर अटो रिक्साका चार व्याट्री चोरेर लगेको प्रहरी जनाएको छ । स्थानीयले होहल्ला गरेपछि चोरहरुले हवाई फायर गरेको डिएसपी जोशीले बताए ।
प्रहरीले चोरको खोजी गरिरहेको जनाएको छ । उक्त चोरीमा चार जना संलग्न रहेको प्रहरीको भनाइ छ संकास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।


५ पुस २०७९, मंगलवार ११:३५ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु