सुदूरपश्चिमका ५२ जना सांसदलाई रावलले खुवाउने छन् शपथ

 

कैलाली । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा ५२ जना प्रदेश सभा सदस्यहरुलाई मानबहादुर रावलले पद तथा गोपनीयताको शपथग्रहण गराउने भएका छन् । शपथग्रहणको मिति भने तय भइसकेको छैन ।

प्रदेश प्रमुख देवराज जोशीले आजबाट यस विषयमा छलफल चलाउने छन् । केही दिन भित्रै प्रदेश प्रमुख जोशीले ज्येष्ठ सदस्यका हैसियतमा अछाम क्षेत्र–२ ९२० बाट निर्वाचित रावललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने र त्यसपछि रावलले अन्य सदस्यलाई शपथग्रहण गराउने तयारी भइसकेको छ ।

निर्वाचन अयोगले शनिबार प्रदेश प्रमुख जोशीलाई पेस गरेको निर्वाचनको अन्तिम प्रतिवेदन अनुसारनै रावलले अन्य सदस्यहरुलाई शपथ ग्रहण गराउने पक्का भइसकेको हो । प्रदेश सभाका काङ्ग्रेसबाट निर्वाचित रावल ६८ वर्षका हुन् ।
यस अघि पनि काङ्ग्रेसकी दिव्यश्वरी शाह ज्येष्ठ सदस्य थिइन् ।

 


५ पुस २०७९, मंगलवार ०९:१० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु