कैलालीमा आगोले जलेर एक वृद्धको मृत्यु
कैलालीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–११ आम्बाँसा बस्ने ६० वर्षीय जित बहादुर डगौराको आगोले जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।
आफूले ताप्न बालेको आगोमा लगेर उनको घटनास्थलमै मृत्यु भएको थियो । आगलागीबाट झुपडी पूर्ण रूपमा जलेर नष्ट भएको छ।
३ पुस २०७९, आइतवार १५:१७ बजे प्रकाशित































