punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संकटमा जयपृथ्वी बहादुर सिंहले स्थापना गरेको सत्यवादी पाठशाला

Chaupati
safha napa

११६ वर्ष पहिले काठमाडौँको नक्सालमा सत्यवादी भाषा पाठशालाको नाममा जयपृथ्वी बहादुर सिंहले स्थापना गरेको शिक्षालय अहिले बझाङ भोपुरमा श्री सत्यवादी माध्यमिक विद्यालयको नाममा चलिरहेको छ ।

चैनपुर नगरपालिका ११ भोपुरमा रहेको यो बिद्यालय जति पुरानो छ त्यति नै ऐतिहासिक पनि छ । शताब्दी पहिले काठमाडौँमा स्थापना गरेर त्यसको केही वर्ष पछि बझाङमा सञ्चालन भएको विद्यालय अहिले जर्जर बनिरहेको छ ।

No description available.
यहाँ पुराना संरचनाहरू नष्ट भएका छन् भने २०२८ सालमा बनेका भवनहरू पनि जीर्ण बन्दै गइरहेका छन् । त्यहि जीर्ण बनेको भवनमा पनि अहिले कक्षा सञ्चालन भइरहेको छ ।
‘केही नयाँ भवन छन् ।तर त्यो पनि पर्याप्त छैन । हामीलाई अहिले ३६ कोठा भवन आवश्यक छ । अहिले हामीसँग २० कोठा मात्रै छन्’ शिक्षक लक्ष्मण प्रसाद उपाध्यायले भने, ‘अहिले पनि १६ कोठा भवन अभाव छ । त्यहि अभावले अहिले जीर्ण भवनमा विद्यार्थी अध्ययन गर्न बाध्य छन् ।’
यहाँ शिक्षकको पनि अभाव छ । निजी स्रोतमा राखिएका शिक्षकहरूलाई तलब खुवाउन समस्या छ ।

‘निजी स्रोत रहनु भएका ६ जना शिक्षकलाई तलब खुवाउन समस्या छ’ शिक्षक उपाध्यायले भने ‘अझै ४ जना शिक्षक अभाव छ । भएका शिक्षकलाई व्यवस्थापन गर्न सकस भइरहेका बेला शिक्षक थप्ने कुरा पनि सहज छैन ।’

नेपालकै पुरानो पाठशालाको अवस्था दयनीय बन्दै गएको देखेर यहाँका स्थानीयहरू भने चिन्तित छन् । उनीहरु यस पाठशालाको महत्त्व सरकारले नबुझेको गुनासो गर्छन् ।

जय पृथ्वीको पाठशाला
विक्रम बहादुर सिंह र रुद्र कुमारी सिंहका कोख बाट वि।सं। १९३४ साल भाद्र ७ गते बझाङको, चैनपुरमा जयपृथ्वी बहादुरको जन्म भएको थियो । जयपृथ्वी बहादुर सिंहको आमा जङ्गबहादुरकी छोरी थिइन् ।

No description available.
जङ्गबहादुरको नाति भएकै कारण जयपृथ्वीले आठ वर्षको उमेरमा काठमाडौँ आएर दरबार स्कुलमा पढ्न पाए । माध्यमिक तहको शिक्षा दरबार हाई स्कुलबाट पुरा गरेपछि वि।सं। १९५१ सालमा भारतको कलकत्ता विश्व विद्यालयबाट म्याट्रिक तहको शिक्षा हासिल गरे । १९५२ मा भारतको इलाहावाद कलेजबाट आइए पास गरेका उनले १९६२ मा कलकत्ता विश्वविद्यालयबाट कानुन विषयमा स्नातक तह पास गरे ।

१९६२ मा काठमाडौँ फर्किएपछि उनले शिक्षालय स्थापना गर्ने योजना बनाए । अर्को वर्ष काठमाडौँ नक्सालमा उनले सत्यवादी भाषा पाठशाला स्थापना गरे जनतालाई पठाउने योजना सुरु गरे ।
त्यस अघि १९५८ असोज ११ मा चन्द्रशमशेरले सम्पूर्ण पाठशाला बन्द गराइसकेका थिए । त्यसको ७ वर्ष पहिले १९५१ श्री ३ चन्द्रशमशेरकी १४ वर्षीया छोरी खगेश्वरीदेवीसँग विवाह भएको भएको थियो।

चन्द्र समशेरकोको ज्वाइँ भएका कारण जयपृथ्विलाई पाठशालालाई जोगाउन सहज भयो । त्यो बेला कालु सार्की, रबीवासे दमाईं, कर्ण बहादुर बम,बोधराज जोशी लगायत ८ जनालाई काठमाडौँ लिएर गए । उनीहरूलाई पनि सिकार र उनीहरूबाट अरूलाई पनि नयाँ नयाँ कुरा सिकाए ।
उनले आफैले व्याकरणका पुस्तकहरूले लेखे र पढाउन थाले । उनले लेखेका अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । त्यस्तै उनको प्राकृत व्याकरण नामक अर्को पुस्तक पनि गोरखापत्र छापाखानाबाट विसं १९६९ प्रकाशित भएको थियो ।

No description available.
नक्सालमा स्थापना गरेको पाठशालालाई १९७३ बझाङको जयपृथ्वि नगर मेल्लेखमा सुरु गरे । त्यसको केही वर्ष पछि आफ्ना भाइ देबिजंग सिंहलाई पाठशालाको जिम्मा लगाए । त्यसको केही वर्ष पछि १९९७ साल असोज १ गते ६४ वर्षको उमेरमा भारतको बेङ्गलोरमा उनको निधन भयो ।
जयपृथ्वि बहादुर सिंहले सुरु गरेको पाठशाला उनका भाइ देबिजंगले बचाए । त्यसपछि देबिजंगका छोरा रामजंग र रामजंगका छोरा ओमजंगले पनि यो पाठशाला जोगाउन लागिपरेका थिए ।

No description available.
‘त्यो बेला उहाँहरूको सबै भन्दा महत्त्वपूर्ण कुरा भनेकै सत्यवादीको संरक्षण र यहाँ शिक्षाको ज्योति फैलाउनु थियो’ ७३ वर्षका विष्णु भक्त जोशी शास्त्री आचार्यले भने ‘जयपृथ्वि बहादुर सिंहले सुरु गरेको पाठशालाको गरिमा खस्किने हो कि भन्ने हामीलाई चिन्ता छ ।’
विष्णु भक्तलाई पनि यहि विद्यालयमा ओमजंगले पढाएका थिए । पछि उनले यहि विद्यालयमा लामो सामय अध्यापन गरे ।

No description available.
२०३१ साल देखी २०५७ साल सम्म उनले यो विद्यालयमा पढाएका थिए । १५० रुपैयाँमा शिक्षण सुरु गरेर २०७३ पनि ७ वर्ष व्यवस्थापन समितिको अध्यक्ष पनि भए ।
आफूले अध्ययन गरेको र अध्यापन गरेको विद्यालयको पहिचान गुम्दै गइरहेको प्रति उनी पनि निराश छन् ।
रामजंगले २००८ सालमा सत्यवादीलाई माध्यमिक तहमा लैजाने योजना बनाए । २०१३ मा पुरा भयो । भारतबाट रामदत्त अवस्थीलाई १९९० मा नेपालमा ल्याएर सत्यवादीलाई अघि बढाउन जयपृथ्वि बहादुर सिंहले पहल गरेका थिए ।

No description available.
केही वर्ष पनि उनी निरन्तर यहि बसे र सत्यवादीलाई माध्यमिक स्तरमा पुराए । २०१३ सालमा यहाँबाट ५ जना विद्यार्थी एसएसलसी दिन काठमाडौँ गएका थिए । स्व। दीर्घ राज जोशी,स्व।गगन बहादुर सिंह,स्व। मानबहादुर सिंह र तुलसीराम जोशी उत्तीर्ण हुँदा स्थिर बहादुर सिंह अनुत्तीर्ण भए । २०१६ पछि यहाँ अध्ययन गरेका विद्यार्थीले डोटीबाट एसएलसी दिन थालेका थिए ।
२०१६ सम्म सहज रूपले अघि बढिरहेको यहाँको शिक्षा र राजनीति त्यसपछि सङ्कटमा पर्न थालेको थियो ।
२०१७ सालमा लागू गरिएको ‘राज्य–रजौटा उन्मूलन ऐन’ पनि यहाँ सङ्घर्ष सुरु भयो । राजा महेन्द्रले ल्याएको रजौटा उन्मूलन कानुनका विरुद्ध बझाङी राजाले विद्रोह गरे। ओमजंगबहादुर सिंहले सुवर्ण शमशेरसँग मिलेर २०१८ सालमा महेन्द्रका सेनाविरुद्ध लडाइँ गरे।
१५० जना सेना सहित युद्ध गरेका ओमजंगबहादुर सिंह त्यो बेला विजयी त्यसको अर्को वर्ष उनको युद्धमा हत्या भयो । ओमजंगबहादुर सिंहको काटिएर शिर लिएर महेन्द्रलाई बुझाइएको थियो ।
त्यसपछि सत्यवादीलाई माध्यमिक बिद्यालय सरकारी स्वामित्वमा छ । निकै पुरानो र महत्त्वपूर्ण इतिहास बोकेको विद्यालयको पहिचान गुम्नेमा यहाँका शिक्षक अभिभावहरू चिन्तित छन् ।

के गरे जयपृथ्वि बहादुर सिंहले ?
जयपृथ्वि बहादुर सिंहले मुलुक भित्रको शिक्षामा मात्र नभई मुलुक बाहिरको संस्कारमा पनि परिवर्तन गराउन भूमिका खेलेका थिए । विसं १९६५ सालमा प्रधानमन्त्री चन्द्रशमशेरसँगै उनी बेलायत पनि गएका थिए। साथै उनी अमेरिकाको भ्रमण गर्ने पहिलो नेपाली थिए। रुसको भ्रमण गर्ने पहिलो नेपाली पनि उनी थिए।

पहिलो र दोस्रो विश्वयुद्धले आक्रान्त बनेको विश्व समाजलाई नै शान्ति र मानवताको एहसास दिलाउनका लागि उनी आफ्नो घर–परिवार र राजगद्दीको विरासतलाई त्यागेर मानव सेवाका लागि विश्व यात्रामा निस्किए ।
भारतको बेङ्गलोरमा बसेर हृयुमानिष्ट नामक पत्रिका प्रकाशित गरेर मानवतावादी विचारको प्रचारप्रसार उनी नेपालबाट भारत हुँदै पूर्वी एसिया, मध्य एसिया र पश्चिम युरोपसम्मको यात्रा गरेका थिए।
मानवतावादको आवश्यकता र अभ्यास, शान्ति, सद्भावना र यसका उपाय बताउँदै उनी स्विट्जरल्यान्डको जेनेभा, जर्मनीको बर्लिन, भियना, हंगेरी, बुखारेस्ट, पोल्यान्ड, फ्रान्स, लन्डन, जापान र अमेरिका लगायत ठाउँमा पुगे । जयपृथ्वीले हजारौँ घाइते, रोगी, बिमारी, द्वन्द्वपीडित जनताका लागि आवश्यक उपचार र अन्य व्यवस्था गरेका थिए।
जयपृथ्वीबहादुर सिंहको १९९७ साल असोज १ गते ६४ वर्षको उमेरमा भारतको बेङ्गलोरमा निधन भएको थियो। भारतबाट प्रकाशित हुने ‘अमृत बजार पत्र’ नामक पत्रिकाले ‘नेपालका दोस्रो गौतम बुद्धको निधन’ भनेर समाचार प्रकाशित गरेको थियो।

राष्ट्रिय विभूति
जयपृथ्वी बहादुर सिंहलाई सरकारले निकै ढिलो राष्ट्रिय विभूति घोषणा गरेको छ।
वि। स। २०७९ असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राष्ट्रिय विभूतिमा घोषण गरेको छ । यस अघि १७ जना राष्ट्रिय विभूति रहेका अब जय पृथ्वीको नाम पनि थपिएको छ ।
नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्‍याएको योगदानको कदर स्वरूप जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरिएको हो ।

जय पृथ्वीलाई राष्ट्रिय विभूति घोषणा गरिएपछि उनले स्थापना गरेको सत्यवादीमा उत्साह छ ।
‘सरकारको यो कदमले हामी निकै खुसी छौँ’ सत्यवादीका प्रधानाध्यापक रामदत्त उपाध्यायले भने ‘यसले हाम्रो गौरव र गरिमामा दुबै उच्चो पारेको छ ।
कुनै समय सुदूरपश्चिमका सबै पहाडी जिल्लाबाट अध्ययनका लागि रोजाइमा पर्ने सत्यवादी अहिले आफ्नो पहिचान गुमाउने खतरामा छ । राष्ट्रिय विभूतिले स्थापना गरेको विद्यालयका बिषयमा पनि अब सरकार गम्भीर बन्नु पर्नेमा यसका स्थानीयको जोड दिए ।


२ पुस २०७९, शनिवार १९:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु