punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

२९ बुँदे माग सहित कृष्णपुरका मेयरलाई एमालेले बुझायो ज्ञापन पत्र

Chaupati
safha napa

नेकपा एमाले कृष्णपुर नगर कमिटीले बिभिन्न २९ बुँदे माग राख्दै कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर हेम राज ओझालाई ज्ञापन पत्र बुझाएको छ । आइतबार मेयर ओझालाइ एमाले नगर कमिटी अध्यक्ष गणेश सिंह ऐर र जिल्ला सचिवालय सदस्य तथा नगर इन्चार्ज लोकेन्द्र प्रसाद पन्तद्धारा हस्ताक्षरित ज्ञापन बुझाइएको हो ।

उक्त ज्ञापन पत्रमा नगरपालिकामा समानताको आधारमा पूर्ति गर्ने भन्दा पनि राजनीतिक आस्था, आग्रह र पूर्वाग्रह साधेर नजिकका कार्यकता एवम् आसेपासेहरुलाई पोस्ने काम गरेको आरोप लगाइएको छ ।

यस्तै जनप्रतिनिधी र कर्मचारी संयन्त्रले नगरपालिकामा गरेको व्यवहार, कार्यशैली र आचरण समेत सुधार गर्न ज्ञापन पत्रमा माग गरिएको छ । सुशासन र संस्थागत विकास, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, भूमि र विविध क्षेत्रका समेटेर नेकपा एमाले कृष्णपुर नगर कमिटीले ज्ञापन पत्रमा २९ बुँदे  माग राखेको छ ।


१८ मंसिर २०७९, आइतवार १६:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु