पत्रकार महासंघ प्रदेश अध्यक्ष रावललाई सम्मान
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावललाई टीकापुर जेसीजले सम्मान गरेको छ
हालसम्म ५०औँ पटक रक्तदान गरेको भन्दै अध्यक्ष रावललाई जेसीजले सम्मान गरेको हो । टीकापुर जेसीजको साप्ताहिक कार्यक्रम अन्तर्गत बृहत् रक्तदान कार्यक्रममा रावललाई सम्मान गरिएको हो ।
दुई दशक बढी समयदेखि पत्रकारिता गर्दै आएका रावल नागरिक दैनिकका कैलाली संवाददाता तथा हाम्रो पत्रका प्रधान सम्पादक हुन् ।
रक्तदान कार्यक्रमका संयोजक पदमबहादुर शाहीले रावललाई स्वतः स्र्फुतरुपमा ५० औँ पटकसम्म रक्तदान गरेको भन्दै सम्मान गरिएको बताए ।
१८ मंसिर २०७९, आइतवार १६:०८ बजे प्रकाशित































