punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अघिल्लो पटक प्रतिनिधि सभामा विजयी भएका एमालेका थापालाई हराउँदै बाजुराको प्रदेश सभामा कांग्रेसका शाही विजयी

Chaupati
safha napa

कैलाली । एउटा मात्रै निर्वाचन रहेको बाजुराको प्रदेश सभा २ मा नेपाली कांग्रेसका पदमबहादुर शाही प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

एमालेका लालबहादुर थापालाई ५ हजार ५९८ मतान्तरले पछि पार्दै कांग्रेसका थापा प्रदेश सभामा निर्वाचित भएका हुन् । शाहीले २० हजार ११९ मत प्राप्त गर्दै निर्वाचित हुँदा थापाले १७ हजार ५२१ मत प्राप्त गरेका थिए ।

यस पटक प्रदेशसभामा पराजित भएका थापा अघिल्लो पटक प्रतिनिधि सभामा निर्वाचित भएका थिए । यस अघि हिजै सार्वजनिक भएको नतिजा अनुसार प्रदेश सभा १ मा पनि सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नरेश शाही विजयी भइसकेका छन् । उनले एमालेका अघिल्लो पटक प्रदेश सभामा निर्वाचित भएका बलदेव रेग्मीलाई पराजित गरे ।

प्रतिनिधि सभामा पनि कांग्रेसका बद्री पाण्डेले अग्रता बनाइरहेका छन् । उनलाई एमालेका कर्ण थापाले पच्छाइरहेका छन् ।


१८ मंसिर २०७९, आइतवार ०८:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु