विश्वकप लिग–२ सिरिजमा स्कटल्याण्डसँग खेल्दै नेपाल
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबिया भ्रमणमा रहेको नेपालले आज स्कटल्याण्डको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल दिउँसो १ः४५ देखि विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा सुरु हुनेछ ।
जारी सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ । शुक्रबार भएको पहिलो खेलमा नेपालले वर्षाका कारण नामिबियासँग अंक बाँडेको थियो ।
अहिलेसम्म विश्वकप लिग–२ मा स्टकटल्याण्डले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । उसले २९ म्याच खेल्दा २० मा जित र ७ खेलमा मात्र हार बेहोरेको छ । स्कटल्याण्डले २ खेलमा भने अंक बाँडेको छ ।
एकदिवसीय अन्तर्राष्ट्रियमा हालसम्म स्कटल्याण्डसँग नेपालले दुई म्याच खेलेको छ । जसमा नेपालले एकमा जित र एक खेलमा हार बेहोरेको छ ।
१८ मंसिर २०७९, आइतवार ०७:१४ बजे प्रकाशित































